मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महाकालीमा हाम फालेर एक पुरुष बेपत्ता


पश्चिम प्रेस
बिहीबार , भदौ २८ २०८०
  • 1.9K
    Shares

  • images
    images
    महाकालीमा हाम फालेर एक पुरुष बेपत्ता

    दार्चुला ।  दार्चुलामा महाकालीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको सदरमुकाम खलंगास्थित नेपाल—भारत जोड्ने झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम पहिचान नखुलेका  पुरुष बेपत्ता भएका हुन् । 

    स्रोतका अनुसार खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका पुरूषबाट भारतीय प्रहरी एसएसबीले पहिचान खुल्ने कागज पत्र मागेको तथा उनको साथमा कुनै किसिमको पहिचान पत्र नभएको भन्दै उनलाई नेपाल फर्काएको थियो ।  एसएसबीले फर्काएपछि बीच पुलबाटै महाकाली नदीमा हाम फालेर उनि बेपत्ता भएको बताइएको छ । 

    एसएसबीले फर्काएको विषयमा कुनै जानकारी नआएको तर हामफालेको घटनापछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्र बहादुर सिंहले बताएका छन् । । 

    नदीमा हाम फाल्ने पुरूषको परिचय र कारण खुल्न नसकेको र खोजि कार्य भइरहेको दार्चुला प्रहरीले बताएको छ ।


  • सम्बन्धित विषय:

  • # पुरुष बेपत्ता
  • प्रतिक्रिया दिनुहोस