बैतडी । बैतडीको पुर्चौंडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका-१ हडफोड भन्ने स्थानमा सडकमै जिप पल्टिएको पुरघाट प्रहरी चौकीले जनाएको छ ।
हाट–भटना कच्ची सडकमा बिहीबार बिहानतिर ग १ ज ६६११ नम्बरको जिप सडकमै पल्टिएको हो । मान्छे पुर्याएर हाटतिर फर्किरहेको जिप सडकमै पल्टिएका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)