महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको भिमदत्त नगरपालिका—११ गड्डाचौकीबाट डाइजापाम १ एम्पुल, फेनारगन २२ एम्पुल र रेक्सोजेसिक १० एम्पुलसहित बेदकोट नगरपालिका ७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिवार राति पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा भट्टको साथबाट उक्त लागुऔषध फेला परेको बताइएको छ ।
.gif)