सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा चन्द


पश्चिम प्रेस
सोमबार, असोज १ २०८०
  • 1.5K
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा चन्द

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा. राजवीर चन्द निर्वाचित भएका छन्। चन्दसहितका पदाधिकारी सदस्य एकल संक्रमणीय चुनावी प्रणालीबाट निर्वाचित भएका हुन्।

    उपसभापतिमा महेन्द्रबहादुर चन्द, महासचिवमा मानबहादुर चन्द, सचिव ईश्वरकुमार हमाल, कोषाध्यक्ष गिरिराज कठायत तथा सदस्यहरूमा दानबहादुर मडै, केशवबहादुर थापा, धाना धामी, धनसिंह धामी, राजेन्द्रप्रसाद जोशी, इशा जोशी र धनसिंह विष्ट रहेका छन्।

    प्राध्यापक संघमा नेकपा एकीकृत समाजवादीनिकट एक, नेकपा माओवादी केन्द्रनिकट दुई र नेकपा एमालेनिकट तीन तथा नेपाली कांग्रेसनिकट पाँचजना प्राध्यापक निर्वाचित भएका छन्। उक्त ११ जनाको टिमले पदाधिकारी चयन गरेको हो।

    ११ पदका लागि १३ जनाले उम्मेदवारी दिएका थिए।


  • सम्बन्धित विषय:

  • # प्राध्यापक संघ
  • प्रतिक्रिया दिनुहोस