कैलाली । बहुविवाह गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रले पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई जिम्मेवारीबाट निलम्बन गरेको छ।
बहुविवाहको आरोप स्वीकार गरेपछि चौधरीलाई पार्टीले ‘सांस्कृतिक कमजोरी’ गरेको भनी ६ महिनाका लागि निलम्बन गरेको हो।चौधरीलाई निलम्बन गरिएकोबारे केन्द्रीय कमिटीले मातहतको कमिटीलाई आन्तरिक सर्कुलर जारी गरेको माओवादी सुदूरपश्चिमका एक नेताले बताएका छन् ।
ती नेताका अनुसार गत २५ भदौमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकपछि जारी सर्कुलरमा चौधरीले आरोप स्वीकार गरेकाले निलम्बन गर्ने निर्णय अनुमोदन गरिएको उल्लेख छ।
प्रदेश कमिटीको सिफारिसमा चौधरीलाई पार्टीको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य पदबाट निलम्बन गरिएको हो।
उनको गाउँ भजनी नगरपालिका–४ मा पनि उनले बहुविवाह गरेको हल्ला छ। उनी भजन नगरपालिकाका पूर्व मेयर पनि हुन्। उनी २०७४ को चुनावमा मेयरमा विजयी भएका थिए।
यस विषयमा चौधरीलाई उनको पुरानो मोबाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क भएन। उनी हाल सम्पर्कविहीन रहेको बताइएको छ।
.gif)