सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

टीकापुर घटनामा कैलाली कारागारमा रहेका ३ जना रिहा हुँदै


पश्चिम प्रेस
बुधबार, असोज ३ २०८०
  • 810
    Shares

  • images
    images
    टीकापुर घटनामा कैलाली कारागारमा रहेका ३ जना रिहा हुँदै

    कैलाली । टीकापुर घटनामा कैलाली कारागारमा कैद भुक्तान गरिरहेको तीन जना आज (बुधबार) रिहा हुँदै छन्। संविधान दिवसका अवसरमा कैद माफी पाएर टीकापुर हत्याकाण्डमा संलग्नताको कसुरमा जेल जीवन बिताइरहेका तीन जना रिहा हुने भएका हुन्। 

    कैलाली कारागारमा जेल जीवन बिताइरहेका ९ जना बुधबार रिहा भइरहेको प्रमुख पदमराज तिमिल्सिनाले बताए। उनका अनुसार तीमध्ये ३ जना टीकापुर हत्याकाण्ड मुद्दाका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि उनीहरु रिहा हुन लागेका हुन्। 

    टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा आज रिहा भइरहेका छन्।

    यसअघि टीकापुर घटनाका मुख्य नाइके मानिएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भएका थिए। उनी तीनै तहको अदालतबाट दोषी ठहर भएका थिए। 

    वि.सं. २०७२ सालमा टीकापुरमा थरुहट आन्दोलनको क्रममा बालक, सुरक्षाकर्मीसहित ८ जनाको हत्या भएको थियो।


  • सम्बन्धित विषय:

  • # कैलाली कारागारमा रहेका ३ जना रिहा
  • प्रतिक्रिया दिनुहोस