बैतडी । संविधान दिवसको अवसरमा जिल्ला कारागार बैतडीका चार जनाको कैदीबन्दी कैद सजाय मिनाहा भएको छ ।
जिल्ला कारागारले ५ जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिश गरेको भएपनि चार जनाको मात्रै बाँकी कैद मिनाहा भएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका कैदीबन्दीहरुको कैदा मिनाहा भएको उनले बताइन् ।
कैद मिनाहा हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ७ का बिर्खु भनिने बिर्ख लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका १ का धनबहादुर कार्की, दशरथचन्द नगरपालिका ६का खेमराज महर र पाटन नगरपालिका ६ का रमेश बिष्ट रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा आज देशभरीका ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेका छन् ।
२५ जना कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागारमा अब ७५ जना कैदीबन्दी रहेका छन् ।
.gif)