सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

डडेल्धुरा कारागारबाट ७ जना कैदीबन्दी रिहा


पश्चिम प्रेस
बुधबार, असोज ३ २०८०
  • 1.2K
    Shares

  • images
    images
    डडेल्धुरा कारागारबाट ७ जना कैदीबन्दी रिहा
    images
    images
    images
    images

    डडेल्धुरा ।  डडेल्धुरा जिल्ला कारागारबाट सातजना कैदीबन्दी रिहा भएका छन् । संविधान दिवसको अवसरमा असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका सातजना कैदीबन्दीलाई रिहा गरिएको हो ।

    कर्तव्य ज्यान मुद्दाका २, बहुविवाहका २ तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एकरएक कैदीबन्दीलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका कारागार प्रमुख जितेन्द्र ओझाले बताए । 

    संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार उनीहरुको कैद कट्टा गरेका हुन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

    images


  • सम्बन्धित विषय:

  • # कैदीबन्दी
  • प्रतिक्रिया दिनुहोस