मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

टीकापुर घटनाका कैदीबन्दी रिहा


पश्चिम प्रेस
बुधबार, असोज ३ २०८०
  • 1.1K
    Shares

  • images
    images
    टीकापुर घटनाका कैदीबन्दी रिहा

    कैलाली । कैलालीको टीकापुर घटनामा कैद भुक्तान गरिरहेका तीन जना कैदमुक्त भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद कट्टा गरिए पछि उनीहरु कैलाली कारागारबाट बुधबार रिहा भएका हुन् ।

    रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ का बीरबहादुर चौधरी रहेको कैलाली कारागार प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए । बिगत ८ वर्षदेखि टीकापुर घटनाको मुद्धामा जेल जीवन विताइरहेका थिए । त्यसैगरी सोही घटनामा पोखरास्थित बाल सुधार गृहमा रहेका श्रवण चौधरी पनि रिहा भएको भन्ने मौखिक खबर आएको कारागार प्रमख तिमिल्सिनाले बताए ।

    यस अघि सोही घटनामा तीन तहकै अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते डिल्लीबजार कारागारबाट कैदमुक्त भएका थिए ।

    २०७२ साल भाद्र ७ गते टीकापुरमा भएको घटनामा एक नावालक सहित ८ जनाको ज्यान गएको थियो । त्यस्तै कैलाली कारागारबाट बुधबार नै अन्य थप ६ जना कैदमुक्त हुन लागेको कारागार प्रशासनले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # कैदीबन्दी रिहा
  • प्रतिक्रिया दिनुहोस