सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

स्वास्थ्यकर्मी गैरेमाथि हातपात गर्ने एक जना पक्राउ


पश्चिम प्रेस
बिहीबार , असोज ४ २०८०
  • 1.6K
    Shares

  • images
    images
    स्वास्थ्यकर्मी गैरेमाथि हातपात गर्ने एक जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका हुन् । 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आक्रमणमा परेका अहेव नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि प्रहरीले बेलौरी नगरपालिका–३ गोकुलपुरका (रामु) रामबहादुर खड्कालाई बुधवार पक्राउ गरेको हो । खड्का माथि प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा मुद्दा चलाएको छ । बिहिवार म्याद थप गरिएको प्रहरीले बताएको छ । 

    मङ्गलवार राति स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका अहेव नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको थियो । मङ्गलवार राति साढे ११ बजे ड्युटीमा रहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै पीडित स्वास्थ्यकर्मी गैरेले प्रहरीमा उजुरी दिएका थिए । 

    कुटपिटबाट पीडित स्वास्थ्यकर्मी गैरेको आँखा, टाउको र घाँटीमा समस्या देखिएको छ । उनी थप उपचारका लागि धनगढी पुगेका जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रतिक्रिया दिनुहोस