बैतडी । बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका-१ रिमका ४५ वर्षीय विष्णुसिंह साउदलाई सोही गाउँपालिका-२ मल्लाढिबाट बुधवार दिउँसो भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई भरुवा बन्दुक र बारुदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)