महेन्द्रनगर । कञ्चनपुरमा अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका-१० बिद्युत कार्यालय अगाडीबाट शुक्रवार दिउँसो अवैध रूपमा भन्सार छली गरी ल्याएका अन्दाजी रु। २०,६००।– (बिस हजार छ सय) मूल्य बराबरको चिनी,तोरीको तेल लगायतका सामानहरू बरामद गरेको हो ।
प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको उक्त सामानहरू आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरू आवश्यक कारबाहीका लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ ।