महेन्द्रनगर । शुक्रबार बेलौरी नगरपालिका- ७ स्याली खोला नजिकै सिंहपुरको उखुबारी भित्र हातखुट्टा बाँधेर बच्चा छोडि फरार रहेकी आमा पक्राउ परेकी छिन् । पुनर्वास-२ अमरैया घर भएकि २७ बर्षिया शर्मिला चौधरीलाई शनिबार ईलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेको हो ।
शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी चौधरी पक्राउ परेकी हुन । उनि पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी थिइन् ।
शर्मिलाले यस अघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी बिबाह गरेकी थिइन । केही समय बिबाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसंग भागी विवाह गरेकी थिईन । सर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर्वचौधरीसंग विवाद भएपछि बेलडाँडी ३ वैवाहका प्रेम डगौरासंग भाग्न लागेकी सर्मिला शनिबार पक्राउ परेकी हुन ।
शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत वैवाहका प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले सनिवार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए । ‘नौ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा सर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा सर्मिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’
.gif)