बझाङ । बझाङमा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने २८ वर्षीया अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आइतवार १३ वर्षीय नाबालक पक्राउ परेका हुन्।
जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।
बुबाको निधन भइसकेको र आमा आइतवार डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको प्रहरी नायब उपरिक्षक भरत शाहले बताए।
.gif)