बझाङ। बझाङमा ६० वर्षीय जैलु मण्डेलका हत्या आरोपी पक्राउ परेका छन् ।
शुक्रवार जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको हत्या गरि फरार भएका उनका भाइ बिजुली मण्डेल तिन दिनपछि पक्राउ परेका हुन् । सामान्य विवाद हुँदा बिजुलीले खुकुरी प्रहार गरेर दाइ जैलुको हत्या गरी फरार भएका थिए ।
हत्या आरोपी बिजुली मण्डेललाई आज (सोमवार) बिहान कडेल टावर भएको जङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
.gif)