बैतडी । बसको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका–८ हरिचन घर भइ सशस्त्र प्रहरी बाजुराको आश्रित गुल्ममा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् ।
बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा बसले हिजो राति ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन्।
धनगढीबाट दार्चुलातर्फ गएको बसले महरालाई ठक्कर दिएको थियो। बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका-१ घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खत्रीले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.gif)