महेन्द्रनगर । रुख काटेको आरोप लागेका बेलौरीका नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी हिरा भएका छन् ।
वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले आइतबार साँझ पक्राउ गरेको थियो। पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा बुधवार रिहा गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।
चौधरी बेलौरी छोटी भन्सार कार्यालय परिसर भित्र रहेको झाडी सफाइका क्रममा रुख काटेको आरोपमा आइतबार पक्राउ परेका थिए।
कैलाली भन्सार कार्यालय मातहत रहेको बेलौरी छोटी भन्सार कार्यालय परिसरमा रहेका रुख काटेपछि वनलाई रुख कटानी गर्नेमाथि कारबाहीको माग अघि सारेर पत्राचार गरेको थियो । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खडकाले अनुमति बिनै रुख कसैले पनि काट्न नपाउने बताएका थिए ।
स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित चौधरी स्थानीय एमाले नेता हुन । वडाध्यक्ष चौधरी सहित झाडी सफाईकर्मीको उद्देश्य क्षेत्रकै विकास भए पनि प्रक्रिया नमिलेपछि पक्राउ गरिएको थियो ।
.gif)