बैतडी । बैतडीको दशरथचन्द र पुर्चौडी नगरपालिकामा आज सार्वजनिक बिदा दिएको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका अवसरमा दुवै नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
दशरथचन्द नगरपालिकाको वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका अवसरमा आज स्थानीय बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै पुर्चौडी नगरपालिकाले भदौ ११ गते अनन्त चर्तुदशीका दिन विभिन्न मन्दिरमा लाग्ने मेलाका लागि स्थानीय बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
नगरपालिका भित्रका हाँट बुदडा, जोगेउडा, शिबाबो, डिलाशैनी भगवती मन्दिर र मौलिंगा मन्दिर लगायतका धार्मिक स्थलमा लाग्ने जात्राका लागि बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले बताए।
.gif)