मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा १५ हजार कुकुरलाई रेबिजविरुद्धको खोप


पश्चिम प्रेस
शुक्रबार, असोज १२ २०८०
  • 745
    Shares

  • images
    images
    सुदूरपश्चिममा १५ हजार कुकुरलाई रेबिजविरुद्धको खोप

    महेन्द्रनगर ।  सुदूरपश्चिममा १५ हजार कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । विश्व रेबिज दिवसको अवसरमा सुरु भएको अभियानअन्तर्गत सुदूरपश्चिमका १५ हजार सामुदायिक र घरपालुवा कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको हो । 

    प्रदेशभरमा सबैभन्दा बढी कैलालीमा ५ हजार सामुदायिक र घरपालुवा कुकुरलाइ रेबिजविरुद्धको खोप लगाइएको छ । पहाडी जिल्लामध्ये डडेलधुराको भित्रिमधेश क्षेत्रमा २ हजार बढी कुकुरलाई खोप लगाइएको छ ।

    नेपालमै उत्पादित १० हजार डोज रेबिज भ्याक्सिन पशु सेवा विभागमार्फत पशुपन्छी अन्वेषण प्रयोगशालालाई प्राप्त भएको र ५ हजार डोज भने प्रदेश सरकार तथा स्थानीय तहले खरिद गरी उपलब्ध गराएको पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेशप्रसाद जोशीले बताए । उनका अनुसार सुदूरपश्चिममा ४० प्रतिशत भन्दा बढी रेबिजको आउट ब्रेक रहेको छ ।


  • सम्बन्धित विषय:

  • # रेबिजविरुद्धको खोप
  • प्रतिक्रिया दिनुहोस