मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको सुकाशालबाट तिन लाख बढीका भन्सार छलिका सामान बरामद


पश्चिम प्रेस
शुक्रबार, असोज १२ २०८०
  • 2.5K
    Shares

  • images
    images
    कञ्चनपुरको सुकाशालबाट तिन लाख बढीका भन्सार छलिका सामान बरामद

    महेन्द्रनगर । कञ्चनपुरमा अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।

    जिल्लाको भिमदत्त नगरपालिका-६ सुकाशालबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका अन्दाजी ३,४६,५६५।–(तिन लाख छयालिस हजार पाँच सय पैसठ्ठी) मूल्य बराबरका चिनी,नरिवल,तेल,सलाई,मिस्री,लेडिज जुत्ता चप्पल,गुड,बिडी, सुर्ती लगायत विभिन्न किसिमका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

    बिहिवार साँझ गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उल्लेखित सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

    बरामद गरिएको उक्त सामान आवश्यक कारबाहीको लागि आज (शुक्रवार) कानुन बमोजिम भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # भन्सार छलिका सामान बरामद
  • प्रतिक्रिया दिनुहोस