मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

जब किशोरीले ‘रोकेर बस्नु है म पनि आउँछु’ भन्दै देहत्याग गरिन


पश्चिम प्रेस
शनिबार, असोज १३ २०८०
  • 4.3K
    Shares

  • images
    images
    जब किशोरीले ‘रोकेर बस्नु है म पनि आउँछु’ भन्दै देहत्याग गरिन

    महेन्द्रनगर ।  कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-८ धामी टोल स्थायी घर भएर भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने अन्दाजी १८ वर्षीया हेमा खड्का मृत फेला परेकी हुन्। 

    कोठा भाडामा लिएर पढ्न एक्लै महेन्द्रनगर भगतपुरको बन्देबी टोलमा बस्दै आएकी हेमा हिजो (शुक्रबार) आफू बस्ने कोठामै झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

    मृत फेला  पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्।

    घटनाबारे थप बुझ्दा युवक जिल्लाको वेदकोट नगरपालिका स्थायी घर भएका खगेन्द्र जाग्री रहेको खुलेको छ । जाग्री विषादीजन्य पदार्थ (सल्फास) सेवन गरेर अस्पताल भर्ना भएका थिए । हिजो बिहान जाग्रीको महाकाली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। 

    यसबारेमा थप बुझ्दा हेमा र खगेन्द्रबिच प्रेम सम्बन्धमा रहेका खुलेको छ । यसबारेमा थप बुझ्दा हेमा र खगेन्द्रबिच प्रेम सम्बन्धमा रहेका खुलेको छ । जाग्रीको मृत्युलगत्तै उनले पनि सामाजिक सञ्जालमा फोटोसँगै स्टाटस राखी देहत्याग गर्दा दुवै जना प्रेममा खुलेको हो । 

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पछिल्लोसमय सुदूरपश्चिममा यस्ता घटनाहरु बढ्दै गएको प्रहरी तथ्यांक देखाएको छ । 


  • सम्बन्धित विषय:

  • # देहत्याग
  • प्रतिक्रिया दिनुहोस