महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीबाट प्रहरीले ११ लाख मुल्य बराबरका अवैध सामान जफत गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट हिजो (शनिवार)भन्सार छलीका अन्दाजी ११ लाख पाँच सय मुल्य बराबरका मोवाईल, मोवाईलका कभर, चप्पल, सर्टको कपडा, ट्रयाक सुट, साडी, कोट पाइन्टको कपडा, सुट, जुत्ता बनाउने कपडा, उनी, पाखी कपडा लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
फेला पारेका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जनाएको छ।
.gif)