बझाङ । मङ्गलवार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प बझाङमा क्षति पुर्याएको छ ।
अहिलेसम्मको जानकारीका आधारमा मष्टा गाउँपालिका भातेखोलामा एउटा छर भत्किएको छ । त्यस्तै जयपृथ्वी राजमार्गमा क्षति भएको जानकारी प्राप्त भएको छ । दुर्गाथली ४ मा पनि एउटा घर भत्किएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो । यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैरपुर आसपास केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पले क्षति गरेको हो ।
क्षतिको यकिन विवरण भने आउन सकेको छैन ।
.gif)