सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बझाङमा भूकम्प : नगरपालिकाले दियो आइतबारसम्म विद्यालयमा बिदा


पश्चिम प्रेस
बुधबार, असोज १७ २०८०
  • 1.1K
    Shares

  • images
    images
    बझाङमा भूकम्प : नगरपालिकाले दियो आइतबारसम्म विद्यालयमा बिदा

    बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले भूकम्पको त्रास नहटेको भन्दै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ। भूकम्पका कारण जिल्लाका धेरै विद्यालयमा क्षति भएको र चर्केको अवस्थामा रहेकाले नगरपालिकाले आइतबारसम्म बिदा दिएको हो। 

    भूकम्पबाट हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ। शिक्षा शाखाले विपतको घडीमा सबै सजग र सुरक्षित स्थानमा रही हातेमालो गरि अघि बढ्न पनि आग्रह गरेको छ। भूकम्प मापन केन्द्रका अनुसार बझाङमा १२ वटा ठूला र ८८ वटा साना गरि १०० वटा पराकम्प गइसकेका छन्।

     जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पबाट अहिलेसम्म बझाङमा एक जनाको पहिरोमा परि महिलाको मृत्यु भएको छ भने १३५ संरचनामा क्षति पुगेको छ। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखल टोलकी ४० वर्षीया गुनमति धामी रहेकी छन्।

    प्रारम्भिक तथ्याङ्क अनुसार थलारामा ६० घरमा, जयपृथ्वी नगरपालिकामा ४१ घरमा, केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।


  • सम्बन्धित विषय:

  • # बझाङमा भूकम्प
  • प्रतिक्रिया दिनुहोस