मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा ३.३९ ग्राम लागू औषधसहित तिन जना पक्राउ


पश्चिम प्रेस
बुधबार, असोज १७ २०८०
  • 1.0K
    Shares

  • images
    images
    कञ्चनपुरमा ३.३९ ग्राम लागू औषधसहित तिन जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा ३.३९ ग्राम लागू औषधसहित तिन जना पक्राउ परेका छन् ।

    जिल्लाको भिमदत्त नगरपालिका-६ ऐठपुरबाट ३.३९ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित तिन जना पक्राउ परेका हुन् । मङ्गलवार साँझ सोही जिल्लाको कृष्णपुर नगरपालिका-५ बस्ने २० वर्षीय सुवास चन्द समेत तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    चन्दको कोठामा लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध फेला पारी तीनैलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # लागू औषधसहित तिन जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस