बझाङ । बझाङमा भिरबाट खसेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको जयपृथ्बी नगरपालिका-३ पडेंस बस्ने ५५ वर्षीय रामचन्द्र बहादुर रोकायाको भिरबाट लडेर मृत्यु भएको हो ।
आज दिउँसो रोकाया घरबाट सदरमुकाम चैनपुर बजार तर्फ जाने क्रममा सोही ठाउँ स्थित पाल्ते भिरबाट अन्दाजी २५० मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
.gif)