मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरेपछि...


पश्चिम प्रेस
बिहीबार , असोज १८ २०८०
  • 1.6K
    Shares

  • images
    images
    भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरेपछि...

    महेन्द्रनगर ।  कञ्चनपुरको एक वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको भनेर प्रमाणित गरिदिएको छ। जिल्लाको पुनर्वास नगरपालिका– ८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो। 

    वडाले कानुनविपरीत भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएका हो। भारतको मदुराई गाउँका नागर्जुन किटप्पा र बिमला किटप्पाका छोरा बालमुर्गन किटप्पा नेपालमै जन्मिएको प्रमाणित गरिएको हो । 

    ४४ वर्षीय भारतीय नागरिक किटप्पालाई वडाले गत वर्ष भारतमा जन्मिएको भएपनि नेपालमै जन्मिएको प्रमाणित गरेर गैरकानुनी काम गरेको छ। वडाध्यक्ष राना श्रवणले १९ फागुन ०७९ अर्थात् ३ मार्च २०७९ मा नेपालमै जन्मिएको प्रमाणित गरिदिएको तथ्य बाहिरिएको छ। किटप्पा सन् १९८० अप्रिल ३ अर्थात् २६ चैत २०३६ मा भारतमै जन्मिएका थिए।

    भारतीय नागरिक बालमुर्गन किटप्पाको आयकर विभागको परिचयपत्रमा समेत ३ मार्च १९८० मा जन्ममिति राखिएको छ। भारतीय नागरिकलाई नागरिकता दिलाउन जन्ममिति प्रमाणित गरिदिएपछि स्थानीयले वडाध्यक्षका गतिविधि शंस्कापद भएको भन्दै छानबिनको माग गरेका छन्।

    पुनर्वास नगरपालिका– ८ का वडाध्यक्ष राना श्रवणले उक्त विषयमा आफूमाथि केही षड्यन्त्र भइरहेको बताएका छन्। ‘मैले जानीजानी प्रमाणित गरेको होइन, यो बाहिर आएको पत्रको पूरै प्रमाण कार्यालयमा पनि भेटिएको छैन,’ उनले भने, ‘ममाथि भइरहेको षड्यन्त्र हो, म पनि कार्यालय पुगेर छानबिन गर्छु।’ 

    image-7.png

     

     


  • सम्बन्धित विषय:

  • # भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित
  • प्रतिक्रिया दिनुहोस