महेन्द्रनगर । कञ्चनपुरमा लागू औषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका-५ शिव मन्दिर नजिकबाट ०.१८ ग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझ सोही नगरपालिका-४ बस्ने २५ वर्षीय सन्तोष तिरुवासहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा तिरुवासहित दुई जनाको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)