बझाङमा । बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति पनि दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.३ र १२ः२३ बजे ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
मङ्गलवार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ र दोस्रो पटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो । त्यसपछि अझैँ पनि विभिन्न समयमा परकम्प भइरहेको छ ।
.gif)