शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालक र ट्राफिक प्रहरी गम्भीर घाइते


पश्चिम प्रेस
शुक्रबार, असोज १९ २०८०
  • 668
    Shares

  • images
    images
    कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालक र ट्राफिक प्रहरी गम्भीर घाइते

    कैलाली । कैलालीमा सवारी चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिँदा चालक र ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन् । 

    बिहिवार साँझ धनगढी चौराहामा मापसे परीक्षण र सवारी चेकिङमा खटिएका प्रहरीलाई तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका ट्राफिक प्रहरी जवान अशोक सिंह र मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-४ का २६ वर्षीय सुशान्त विष्ट गम्भीर घाइते भएका छन् । 

    घाइते दुवै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • # चालक र ट्राफिक प्रहरी गम्भीर घाइते
  • प्रतिक्रिया दिनुहोस