सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कोदालोले हानेर छोराले गरे बुबाको हत्या


पश्चिम प्रेस
आइतबार, असोज २१ २०८०
  • 1.7K
    Shares

  • images
    images
    कोदालोले हानेर छोराले गरे बुबाको हत्या

    महेन्द्रनगर ।  कञ्चनपुरका एक युवकले कोदालो प्रहार गरेर आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घर परिवारको विवादका कारण उनले बुवामाथि आइतवार बिहान कोदालो प्रहार गरेका हुन्। हेमन्तले कोदालो प्रहार गरेर बुवाको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ।

    हेमन्तलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # बुबाको हत्या
  • प्रतिक्रिया दिनुहोस