सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बढ्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
आइतबार, असोज २१ २०८०
  • 575
    Shares

  • images
    images
    बढ्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    महेन्द्रनगर । साताको पहिलो आज (आइतबार) नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । शुक्रवार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
     
    त्यसै गरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो । शुक्रवार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस