अछाम । अछाममा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । मृत फेला पर्नेमा जिल्लाको मङ्गलसेन नगरपालिका-१३ सालपाटा बस्ने ५८ वर्षीय दीपक थयात खड्का रहेका प्रहरीले जनाएको छ ।
खड्का सोही ठाउँस्थित तितेपातीको झाडीमा शनिवार मृत अवस्थामा फेला परेका हुन् । मृतक खड्काको मृत्युको कारण पत्ता नलागेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)