सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

इजरायलमा अलपत्र विद्यार्थीको उद्धार गर्न विश्वविद्यालयको अपिल


पश्चिम प्रेस
सोमबार, असोज २२ २०८०
  • 668
    Shares

  • images
    images
    इजरायलमा अलपत्र विद्यार्थीको उद्धार गर्न विश्वविद्यालयको अपिल

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले इजरायलमा युद्धको चपेटमा परी बेपत्ता र अलपत्र परेका विद्यार्थीको खोजी तथा उद्धारको लागि अपिल गरेको छ । 

    सुदूरपश्चिम विश्वविद्यालयको तर्फबाट रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले आइतवार विज्ञप्ति निकालेर उद्धार कार्यमा सहयोगका लागि नेपाल सरकार, कूटनीतिक नियोगहरू, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूलगायत अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका हुन । 

    विज्ञप्तिमा विश्वविद्यालयले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखि अन्तर्राष्ट्रियस्तरमा सिकाइ अनुभव बटुल्ने उद्दश्यले इजरायल सरकारको सिकाइसँगै आर्जन (लर्न एन्ड अर्न) कार्यक्रम अन्तर्गत ४९ विद्यार्थी गएको भदौमा इजरायल गएको उल्लेख छ । लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि विश्वविद्यालयबाट १ सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी गएको भदौमा इजरायल गएका हुन् ।

    विश्वविद्यालयले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपालमा रहेको इजरायली राजदूतावास एवम् इजरायलमा नेपाली राजदूतावासँग विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको हो ।

    विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै विश्वविद्यालयले सुरक्षाका उपाय अपनाउन र सजग रहन उनीहरुलाई अनुरोध गरेको छ ।


    प्रतिक्रिया दिनुहोस