महेन्द्रनगर । कञ्चनपुरमा अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका-४ बस्ने विष्णु गुप्ताको पसल र गोदामबाट अवैध रूपमा भन्सार छली गरी ल्याई राखिएका सामानहरू बुधवार प्रहरीले बरामद गरेको हो ।
गड्डाचौकीबाट भन्सार छली गरेका सामानहरू क्यारिङ गर्ने व्यक्तिहरूको पिछा गर्दै जाँदा शङ्का लागी चेकजाँच गर्ने क्रममा गुप्ताले घरमा सञ्चालन गरेको पसल र सोही नगरपालिका-१८ मा रहेको गोदामबाट ९ लाख रुपैयाँ मूल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामानहरू फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन् ।
बरामद गरेको सामान र गुप्तालाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
.gif)