काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजी भइरहेको बताएका छन्।
गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायलबाट नेपाली नागरिकसँगै ओर्लिएपछि मन्त्री साउदले यस्तो जानकारी दिएका हुन्।
गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायलबाट नेपाली नागरिकसँगै ओर्लिएपछि मन्त्री साउदले यस्तो जानकारी दिएका हुन्। उनले युद्धग्रस्त क्षेत्रमा रहेका अन्य मुलुकका नागरिकहरूको सुरक्षाप्रति इजरायल सरकार प्रतिबद्ध रहेको आफूले पाएको बताए।
‘हामीले २५४ जनालाई सुरक्षित रूपमा नेपाल ल्याएका छौँ,’ उनले भने, ‘इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ। आक्रमणबाट घाइते भएका चारमध्ये एक जना आज हामीसँगै फर्किएका छन्। बाँकी तीन जनाको इजरायलमै उपचार चलिरहेको छ। आक्रमणपछि बेपत्ता भएका विद्यार्थी विपिन जोशीको खोजी निरन्तर भइरहेको छ।’
उनले हमासको आक्रमणबाट मारिएका १० जना नेपालीको शव ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको जानकारी दिए।
.gif)