बाजुरा । असोज १६ गते आएको भूकम्पले बाजुराका माटो र ढुङ्गाले बनेका घरहरुमा क्षति गर्यो । अहिले जिल्लाका नौ वटै स्थानीय तहमा भूकम्पको स्थानीय डरले धमाधम घर छोडेर टहराको बास गर्न थालेका छन् ।
घर लगाएको एक वर्ष नपुग्दै घर भूकम्पले भत्काएपछि अहिले लेकमा टहरा हालेर त्यसैमा बास बस्ने गरेको स्थानीयले जितबहादुर सार्कीले बताए । उनले भने, “गत वर्ष ऋण कर्ज गरेर लगाएको घर दुइ चार महिना पनि बस्न नपाउँदै भूकम्पले भत्काइदिएपछि अहिले टहराको बास भएको छ ।, गाउँमा धेरैका घर मेरो जस्तै गरी भत्किएका छन् । अन्य गाउँमा घर भत्किएकाहरूलाई त्रिपाल तथा खाद्यान्न व्यवस्था गरेको भन्ने सुनिन्छ, । तर हाम्रो यहाँ भने अहिले सम्म राहत दिन कोही आएका छैनन् ।’
बाजुराको अन्य पालिका भन्दा खप्तड छेडेदहमा ढुङ्गा र माटोले बनाएका यहाँका अधिकांश घर असोज १६ गते गएको भूकम्पले तहसनहस बनाएका छन् । भूकम्पले घर भत्किएपछि अहिले यहाँका स्थानीयलाई कहाँ बास बस्ने भन्ने निकै चिन्ता छ । बर्खाको समय त्रिपालमुनीको बास गर्न सहज भए पनि हिउँदको चिसोमा भने त्यो त्रिपालमा कसरी बास बस्ने चिन्ता लागेको यहाँका स्थानीय बताउँछन् ।
घर भूकम्पले चिराचिरा परेको त्यो घर फेरि भत्किने हो कि भन्ने डरले उनीहरू यती बेला त्रिपालको बास बस्न बाध्य भउको स्थानीय बताउछन् । असोज १६ गते गएको भूकम्पले घरबासविहीन भएकाहरू यतिबेला गाँस, बास र कपासका लागि राहतको पर्खाइमा छन् ।
बाजुराका भूकम्प पीडितका लागि गृह मन्त्रालय तथा प्रदेश सरकार सँग राहतका लागि माग गर्दै आएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल बताउछन्।
असोज १६ गते गएको भूकम्पले बाजुराका १२६ पूर्ण १७६ आंशिक र ३०७ घर सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।
.gif)