बैतडी । बैतडीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन् ।
महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउदै गरेको से १ ख १९७९नम्बरको मिनिट्रक र सोही ट्रकका चालक मेलौली नगरपालिका–७ का महेश ओझालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
मिनिट्रकमा सवार रहेकी बालिकालाई जबरजस्तीकरण गरेको आरोप लागेको र ट्रक सहित चालक ओझालाई पाटन नगरपालिका ६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अत्तरियमाबाट बैतडी आउन भन्दै मिनिट्रकमा बसेकी ती किशोरी जबरजस्तीकरणीमा परेकी हुन् । बिहिबार राती बुडरमा बस्ने क्रममा मिनि ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको भन्दै ती बालिकाले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइएको हो ।
.gif)