सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बजेट अभावले महाकाली पुल आयोजनाको काम बन्द


पश्चिम प्रेस
आइतबार, असोज २८ २०८०
  • 834
    Shares

  • images
    images
    बजेट अभावले महाकाली पुल आयोजनाको काम बन्द

    महेन्द्रनगर । बजेट अभावका कारण महाकाली पुल आयोजनाको काम बन्द भएको छ ।  गत वर्ष गरिएको कामको समेत भुक्तानी नपाएपछि निर्माण कम्पनीले काम बन्द गरेको हो।

    २०७४ देखि निर्माण सुरु भएको पुल आयोजनाअन्तर्गत चार लेनको पक्की पुल निर्माण भइसकेको छ भने गड्डाचौकीदेखि दोधारा–चाँदनी नगरपालिकाको मलेरिया नालासम्म ८ किलोमिटर पहुँच मार्गको काम पनि अन्तिम चरणमा छ। पुलको दुवैतर्फ निर्माणाधीन पोखरीको तटबन्धको काम पनि अन्तिम चरणमा रहेको पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले जानकारी दिए । 

    पाण्डेयका अनुसार गत वर्षको ८ करोड र यस वर्षको १९ करोड गरी २७ करोड भुक्तानी हुन बाँकी छ। गत वर्ष २२ करोडको काम भएको र जसमध्ये यस वर्षको बजेटबाट १४ करोड भुक्तानी भएको छ। यस वर्ष १९ करोडको काम भए पनि भुक्तानी नभएको उनले बताएका छन् । पुल निर्माणका लागि ३ अर्ब ६६ करोडमा ठेक्का सम्झौता भएको थियो।

    हालसम्म भौतिक प्रगति ९५ प्रतिशत र वित्तिय प्रगति ८३ प्रतिशत भएको पाण्डेयले बताए । अहिले पहुँच मार्गअन्तर्गत पुलको दुवैतर्फ १२ सय मिटर र गड्डाचौकीनजिकै २ सय मिटर गरी १४ सय मिटर मात्रै कालोपत्र गर्न बाँकी छ। पुलको दुवैतर्फ ६ सय मिटर चौडा र २८ सय मिटर लम्बाइका समान दुई पोखरी निर्माण भइरहेका छन्। 

    यस वर्ष पुल आयोजनामा १८ करोड बजेट आएको थियो। जसमध्ये १४ करोड गत वर्षको भुक्तानी गरिएको छ। ४ करोड अझै निकासा भइसकेको छैन्।


  • सम्बन्धित विषय:

  • # महाकाली पुल
  • प्रतिक्रिया दिनुहोस