मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते


पश्चिम प्रेस
मंगलबार, असोज ३० २०८०
  • 1.2K
    Shares

  • images
    images
    बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

    बैतडी । बैतडीमा ट्र्याक्टर दुर्घटना मा परि तीन जना घाइते भएका छन् । जिल्लाको मेलौली भगवती मन्दिर नजिक म १ त ७४० नम्बरको ट्र्याक्टर आज बिहान करिब साढे ८ बजेतिर दुर्घटनामा परेको हो । 

    मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटना मा परि घाइते हुनेमा चालक कैलालीका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन सिंह थापा र बैतडीको दोगडाकेदार-५ का गगन सिंह कार्की रहेका प्रहरीले बताएको छ ।

    घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # दुर्घटना मा परि तिन जना घाइते
  • प्रतिक्रिया दिनुहोस