मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर र कैलालीबाट अवैध भन्सार छलीका सामान बरामद


पश्चिम प्रेस
बुधबार, कात्तिक १ २०८०
  • 623
    Shares

  • images
    images
    कञ्चनपुर र कैलालीबाट अवैध भन्सार छलीका सामान बरामद

    महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट झन्डै दुई लाखका अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका-१० ब्यारेल नजिकबाट मङ्गलवार अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु. ३० हजार मूल्य बराबरको चिनी,प्लास्टिक,साइकल लगायतका सामानहरू प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । 

    त्यसै गरी, कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट मङ्गलवार अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु.५१ हजार मूल्य बराबरको लेडिज सुट,चिनी,मिस्री,नरिवल,हार्डवेयरका सामानहरू र सोही जिल्लाको भजनी नगरपालिका-३ काँडाबाट बुधवार अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु. १ लाख ६ हजार ७ सय मूल्य बराबरको सुतीको कपडा,धोतीको कपडा,कुर्ता सुरुवाल लगायतका सामानहरू बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । 

    बरामद गरेको उक्त सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । 


  • सम्बन्धित विषय:

  • # अवैध भन्सार छलीका सामान बरामद
  • प्रतिक्रिया दिनुहोस