मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा लागू औषध सहित दुई जना पक्राउ


पश्चिम प्रेस
बुधबार, कात्तिक १ २०८०
  • 610
    Shares

  • images
    images
    कञ्चनपुरमा लागू औषध सहित दुई जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् ।

    जिल्लाको बेलौरी नगरपालिका-६ बेलौरी बजारको खुला मञ्चबाट ०.३७ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित मङ्गलवार राती सोही नगरपालिका-४ का २६ वर्षीय टेक बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई लागू औषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ । 

    यसैगरि, आज (बुधबार) बिहान बेलौरीबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोहि जिल्लाको नगरपालिका-७ नकैयाबाट ९.७८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बुधबार बिहानतिर जिल्ला पिलिभित भगवानपुरी थाना वेहला ग्राम भारत बस्ने ४० वर्षीय महेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको हो । 

    इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्ने क्रममा महेन्द्रलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # लागू औषध सहित दुई जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस