महेन्द्रनगर । इजरायलबाट उद्धार गरि दिल्ली ल्याइएका नेपालीहरू आज (बुधबार) बिहान महेन्द्रनगर आइपुगेका छन्। मंगलबार बिहान इजरायलको तेलअभिभबाट बिहान ९ बजे भारतीय स्पाईस जेट विमान मार्फत १८ जना नेपालीलाई उद्दार गरेर ल्याईएको थियो । जसमध्ये ७ जना गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका हुन ।
महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन्। महेन्द्रनगर आइपुगेका सबैलाई बुधवार नै घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
दिल्ली पुगेका सातै जना नेपालीलाई दिल्ली स्थित नेपाली दूतावासले सवारी साधन प्रबन्ध गरेर महेन्द्रनगर पुर्याएको थियो ।
.gif)