डडेल्धुरा । डडेल्धुरामा ८ वर्षीय छोराको हत्यामा संलग्न रहेका बुवा पक्राउ परेका छन्। छोराको हत्या गरि फरार रहेका जिल्लाको आलिताल गाउँपालिका- ८ को पल्टेगुडीका गजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको हो।
छोरा भरतको हत्या गर्न लगाएको भन्दै उनी फरार प्रतिवादीको सूचीमा रहेको बोहरालाई असोज ३० गते उनकै घरबाट पक्राउ गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए।
२०७९ पौष ३० मा घरेलु हिंसाका कारण भरतको मृत्यु थियो। गत वर्ष आमा कलमति र सौतेनी आमा जानकीको निरन्तरको कुटपिटबाट मृत्यु भएका उनलाई खाल्डोमा पुरिएको अवस्थामा प्रहरीले उत्खनन गरेर शव निकालेको थियो।
.gif)