आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

विश्वकपमा २० वर्षपछि भारतसँग न्युजिल्यान्ड पराजित


पश्चिम प्रेस
सोमबार, कात्तिक ६ २०८०
  • 513
    Shares

  • images
    images
    विश्वकपमा २० वर्षपछि भारतसँग न्युजिल्यान्ड पराजित

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट २०२३ को शीर्ष स्थानमा रहेका दुई देशबीचको खेलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको छ ।

    हिजो आइतवार धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले एक सय ३० रन बनाए । यस्तै, रचिन रविन्द्रले ७५ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए ।

    दुई सय ७४ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । विराट कोहलीले ९५ रन बनाए । कोहलीले ८ चौका र २ छक्का प्रहार गरे । न्युजिल्यान्डका लागि लोकी फर्गुसनले २ विकेट लिएका थिए ।

    न्युजिल्यान्डलाई पराजित गरेसँगै भारतको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनेको छ । विश्व कप २०२३ मा भारतको यो लगातार पाँचौँ जित हो ।

    योसँगै भारतको शीर्ष ४ मा पुग्ने सम्भावना बलियो भएको छ। यसका लागि टोलीले अब ४ खेलमध्ये २ खेल मात्र जित्नुपर्नेछ।

     


  • सम्बन्धित विषय:

  • # विश्वकप
  • प्रतिक्रिया दिनुहोस