मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

गाडीको ठक्करबाट डडेल्धुरामा पैदलयात्रीको मृत्यु


पश्चिम प्रेस
बिहीबार , कात्तिक ९ २०८०
  • 734
    Shares

  • images
    images
    गाडीको ठक्करबाट डडेल्धुरामा पैदलयात्रीको मृत्यु

    डडेल्धुरा ।  डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।  

    हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउबाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

    ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थियो।

    हाल फरार सवारी साधनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # गाडीको ठक्कर
  • प्रतिक्रिया दिनुहोस