शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

अछाममा जिप दुर्घटना हुँदा ५४ वर्षीय दिल बहादुरको मृत्यु


पश्चिम प्रेस
बिहीबार , कात्तिक ९ २०८०
  • 694
    Shares

  • images
    images
    अछाममा जिप दुर्घटना हुँदा ५४ वर्षीय दिल बहादुरको मृत्यु

    अछाम । अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको मङ्गलसेन नगरपालिका-१३ बस्ती स्थित भित्री सडक खण्डमा बस्तीबाट मङ्गलसेन तर्फ हिँडिरहेको सु.प.प्र.०१००१ ज १३१० नम्बरको जिपको एक्कासि ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका ५४ वर्षीय दिल बहादुर थापा रहेका प्रहरीले जनाएको छ । 

    जिपमा सवार १२ थिए । ती मध्ये थापाको घटनास्थलमा नै मृत्यु भएको र अन्य सबै जना सकुशल रहेका छन् । जिप चालक भने फरार छन् । फरार रहेका चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  बताएको छ । 


  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस