मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अस्ताए युवा कवि प्रचण्ड भाष्कर


पश्चिम प्रेस
शुक्रबार, कात्तिक १० २०८०
  • 1.1K
    Shares

  • images
    images
    अस्ताए युवा कवि प्रचण्ड भाष्कर

    महेन्द्रनगर । युवा कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर) को २९ वर्षको उमेरमा निधन भएको छ। विगत एक वर्षदेखि घाँटीको क्यान्सर रोगबाट ग्रसित कवि प्रचण्ड भाष्करको शुक्रवार निधन भएको हो।

    बैतडीको शिवनाथ गाउँपालिका–२ शर्मालीमा जन्मिएका उनको भीमदत्त नगरपालिका— १७ मझगाँउस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

    छोटो समयमै डोट्याली र नेपाली भाषाबाट कविता तथा वाचनबाट उदाएका उनको २९ वर्षको कलिलो उमेरमा भएको निधनले सिगोँ परिवारलाई स्तब्ध बनाएको छ । 

    क्यान्सरबाट ग्रसित भएपछि उनको काठमाडौँ र भारतको दिल्ली सहित विभिन्न ठाउँका अस्पतालमा उपचार गरिएको थियो । केही समय अगाडि मात्रै उनको किमो थेरापी गरिएको थियो ।


  • सम्बन्धित विषय:

  • # प्रचण्ड भाष्कर
  • प्रतिक्रिया दिनुहोस