महेन्द्रनगर । कञ्चनपुरमा अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका-०४ बसपार्क र गोवरियाबाट अवैध रूपमा भन्सार छली गरी ल्याई लुकाई छिपाई राखिएका सामानहरू फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । विभिन्न मितिमा जिल्ला कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी रु. ७,३७,७५० (सात लाख सैँतिस हजार तीन सय पचास) मूल्य बराबरका लेडिज सुट,कुर्थी सेट,कोट कपडा,चिनी मिस्री गुड लगायत विभिन्न किसिमका सामानहरू फेला पारी बरामद गरेको हो ।
बरामद गरेका उक्त सामानहरू आवश्यक कारबाहीका लागी कानुन बमोजिम आज (शुक्रवार) भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले बताएको छ ।
.gif)