बैतडी । बैतडीमा सवारी दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको पाटन नगरपालिका–५ को स्याडीखोलामा पाटनदेखि मेलौलीतर्फ हिँडिरहेको सु।प।प्र।०२ ००१ च ८४१ नम्बरको जिप र मेलौलीबाट पाटनतर्फ हिँडिरहेको म २ प ६९१६ नम्बरको मोटरसाइकल शनिवार बिहान एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका हुन् । घाइते चालक मेलौली नगरपालिका–६ का २१ वर्षीय नरेन्द्र भट्ट रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
भट्टको दाहिने खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको छ । मोटरसाइकलमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
.gif)